थप समाचारशनिबार, जेठ ३१, २०७१
लोकसेवाले जाँचका लागि ओएमआर ल्याउने
लोकसेवा आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन ओएमआर यन्त्र ल्याउने तयारी भएकोे आयोगका कानून शाखाका उपसचिव प्रकाश पण्डितले जानकारी दिएका छन् ।े । उनले आयोगमा अहिले दुईवटा यन्त्रबाट उत्तरपुस्तिका परीक्षण गर्ने कार्य भइरहेको बताए ।
पण्डितका अनुसार आयोगले उत्तरपुस्तिका परीक्षण गर्न कार्यालयमा अप्टिकल मार्क रिडर युनिट स्थापना गरेको छ । ती यन्त्रको प्रयोग गरी उत्तर पुस्तिका स्क्यान गरिन्छ । स्क्यान गरेपछि मेसिनमा रेखाङ्कित चिह्न मिलेनमिलेको देखाउने गर्दछ । त्यसैका आधारमा प्राप्ताङ्क गणना गरेर नतिजा प्रकाशन गरिन्छ ।
यन्त्र प्रयोग गर्न कर्मचारीलाई दक्ष बनाउन तालिमको तयारीसमेत गरिसकिएको बताउँदै उनले भन्नुभयो, “मेसिन ल्याउन सबै तयारी पूरा गरेका छौँ । ”
रासस
