समाचारशनिबार, जेठ ३१, २०७१

निर्मला ३२ वर्षपछि एसएलसी उत्तीर्ण

हिमालखबर

इलामको बरबोटे– ७ की ५३ वर्षीया निर्मलाले यसपटक एसएलसी परीक्षा पास गरेकी छन् । ३२ वर्षसम्मको प्रयासपछि यसपटक द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी निर्मलाले पहिलोपटक २०३९ सालमा एसएलसी परीक्षा दिएकी थिइन् ।

चैत २०७० मा सम्पन्न एसएलसी परीक्षा भक्तपुरबाट दिएकी उनी सम्भवतः एसएलसी उत्तीर्ण गर्ने जिल्लाकै जेठो परीक्षार्थी भएको शिक्षा कार्यालयको भनाई छ ।

पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिन र महिलालाई पढाइप्रति जागरुक बनाउन पनि पाको उमेरमा अध्ययनलाई निरन्तरता दिएको निर्मलाले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>