थप समाचारशनिबार, जेठ ३१, २०७१

दोष देख्नेका आँखा दूराग्रहीः आयुक्त गुरुङ

हिमालखबर

निर्वाचन आयोगले ३१ जेठमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संविधानसभा निर्वाचनमा कुनै दल विशेषको पक्षमा आयोग देखिएको आरोप लागेको सन्दर्भ दोहोर्‍याउँदै त्यस्तो देख्ने आँखा आफैंमा दूराग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गराउनु नै आयोगको एकमात्र मन्त्र थियो र रहन्छ पनि, यसैलाई अर्जुनदृष्टि बनाइ आयोगले आफ्नो दायित्व पूरा गर्‍यो, यसमा षडयन्त्रको गन्ध देख्नु आफँैमा दूराग्रह आँखा हो”, गुरुङले भने ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आगामी ८ असारमा हुने काठमाडौ क्षेत्र नं २ को उप निर्वाचनमा प्रयोग हुने विद्युतीय मतदान यन्त्रका बारेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण शुरु गरेको छ ।

क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ९० मतदान केन्द्र रहेका छन् । निर्वाचनमा ६७ हजार ७४५ मतदाताले विद्युतीय मतदान यन्त्रका माध्यमद्वारा मतदान गर्दैछन् ।

ती मतदान केन्द्रमा ४४७ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारी परिचालन हुँदैछन् ।

कार्यक्रममा काठमाडांैका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न सबै सुरक्षाको प्रबन्ध मिलाइसकिएको जानकारी दिँदै मतदानको दिन बाह्यभन्दा आन्तरिक रुपमा समस्या आउने हुँदा यसतर्फ मतदान अधिकृत विशेष सजग हुनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>