समाचारशनिबार, जेठ ३१, २०७१
एसएलसी फेल भएपछि तीन किशोरीद्वारा आत्महत्या
एसएलसी परीक्षामा फेल भएपछि बाग्लुङको ग्वालीचौर–८ की १६ वर्षीया र रुकुमको रुकुमकोट–६ की १५ वर्षीया साथै रुकुमकै खलंगा–८ की १५ वर्षीया किशोरीले आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।
एसएलसी परीक्षामा फेल भएर निराश भएका तीनै जना किशोरीहरुले झुण्डिएर आत्महत्या गरेको सम्बन्धित स्थानका प्रहरी इकाईहरुले जानकारी दिएका छन् ।
फेल हुनु अपराध होइन
१०–१२ कक्षामा प्राप्त गरेको नम्बरले जीवनको सफलता र विफलता तय गर्दैन ।
