थप समाचारआइतबार, आषाढ १, २०७१

अर्घाखाँचीमा रोकिएन चितुवा आंतक

हिमालखबर

३१ जेठ साँझ अर्घाखाँची कुरका घनश्याम सुनारका छोरा २ वर्षीय जीवन सुनारलाई आँगनमा मा खेलिरहेका बेला चितुवाले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

एकवर्ष यता अर्घाखाँचीका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट ४ बालकको मृत्यु भइसकेको छ । २९ जेठमा प्रहरीले सन्धिखर्क बागीखोलामा एउटा चितुवालाई मारेको थियो । उक्त चितुवाले नै ती बालकहरुमाथि आक्रमण गरेको दाबी गरिए पनि केही स्थानीयले भने अर्कै चितुवा मारिएको बताएका थिए ।

सुनारलाई चितुवाले आक्रमण गरेको छिमेकीले देखेर हो–हल्ला गरेपछि चितुवा भागेको स्थानीय बासिन्दाले बताएका छन । घाइते बालक सुनारको जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहबा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ गरि ४ जना बालकको मृत्यु भएको छ ।
प्रेमनारायण आचार्य

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>