समाचारआइतबार, आषाढ १, २०७१

एमाओवादीसहितका दलबीच कार्यगत एकता लागि छलफल

हिमालखबर

एमाओवादी, नेकपा–माओवादी लगायतका दलबीच कार्यगत एकताका विषयमा छलफल भएको हो । नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा १ असारमा भएको छलफलमा संवाद तथा वार्ता प्रक्रियालाई अगाडि बढाउँदै तार्किक निष्कर्षमा पुर्‍याउने निष्कर्ष निकालिएको नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले जानकारी दिए ।

विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, प्रमुख राजनीतिक दलबीचमा विभिन्न कालखण्डमा भएको सहमति विपरीत सत्ताधारी दलहरु अगाडि बढ्न लागेको भन्दै छलफलमा सहभागी माओवादी घटकले पहिलो चरणमा कार्यगत एकताको प्रक्रिया अगाडि बढाउने सहमति गरेका हुन् ।

बैठकले विद्यमान राजनीतिक साझा मुद्दालाई लिएर सहकार्य र आवश्यक विषयमा विचारविमर्श गर्न सहभागी राजनीतिक दलहरुबीच विचार आदानप्रदान गर्ने सहमति भएको महासचिव थापाले जानकारी दिए ।

बैठकमा संयुक्त संयन्त्रको अवधारणामाथि छलफल भएको र त्यसबारे आवश्यक निर्णय आगामी बैठकमा गर्ने निष्कर्ष निकालिएको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी)का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतका नेताको सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>