समाचारआइतबार, आषाढ १, २०७१

प्रम कोइराला अाज अमेरिका जाँदै

हिमालखबर

आठ वर्षअघि जिब्रोमा क्यान्सर भएपछि अमेरिकामा उपचार गराउँदै आएका प्रधानमन्त्री सुशील कोइरालाको ५ असारमा अमेरिकामा स्वास्थ्य जाँच हुने तय भइसकेकाले उनी निर्धारित कार्यक्रम भन्दा एक दिनअघि २ असारमा नै त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्री कोइरालाका साथ उनका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएको उपचारमा सहभागी चिकित्सहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>