समाचारआइतबार, आषाढ १, २०७१

करेन्ट लागेर सर्भेयरकोे मृत्यु, इञ्जिनियर घाइते

हिमालखबर

१ असारमा गुल्मीको जैशिथोक– ६ नयाँघर भन्ने स्थानमा सडक निर्माणका लागि सर्भेक्षण गरिरहेका सर्भेयर जैशिथोक–९ रौताडीका १८ वर्षीय मनोज पोख्रेलले समातेको डण्डी हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको छ ।  उनीसँगै रहेका सर्लाहीका २४ वर्षीय इञ्जिनियर मनिष पोख्रेल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनीहरु दुबैलाई करेन्टको झड्का लागेपछि नजिकैको भीरमा खस्न पुगेका थिए ।
इञ्जिनियर मनिष पोख्रेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।

उनीहरु दुबै रुरु रेसुङ्गा कन्सलटेन्सी मार्फत मोटरबाटो निर्माणका लागि सर्भे गरीरहेका थिए ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>