समाचारआइतबार, आषाढ १, २०७१

एसएलसीः ३३१ विद्यालयको नतिजा शून्य

हिमालखबर

परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार यसपालीको एसएलसीको नतिजामा सबैभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ ।

शिक्षा पत्रकार समूहले १ असारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नियन्त्रक द्वारेले मोरङमा १२, उदयपुरमा १३, काठमाडाँैंमा एक, सूर्खेतमा १०, बाजुरामा ११, अछाममा १७, डोटीमा १४, इलाममा १५, खोटाङमा ११, सप्तरीमा ११ र बाँकेमा १० विद्यालयका कुनै पनि विद्यार्थी उत्तिर्ण हुन सकेनन् ।

उनले विद्यमान परीक्षा प्रणालीलाई समयानूकुल परिवर्तन गरिनुपर्नेमा जोड दिंदै शिक्षकले पढाउने र विद्यार्थीले पनि मेहनत गर्नुपर्ने बताए ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा नयाँ नयाँ विद्यार्थी आइरहेको तर शिक्षक पुरानै भएकाले हालै सार्वजनिक नतिजामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तर्क गरे ।

मनोविज्ञ डा गोपीलाल न्यौपानले विद्यार्थीको मूल्याङ्कन पद्धति नै फेर्नुपर्ने आवश्यकता औंल्याए ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा प्रणाली गलत भएका कारण विद्यार्थी अनुत्तीर्ण भएको तर त्यसको दोष विद्यार्थीलाइ दिन नहुने जिकिर गरे ।

नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले शिक्षकले चाहेमा शिक्षामा सुधार हुने बताउँदै त्यसका लागि सरकारले पनि उचित वातावरण दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>