थप समाचारआइतबार, आषाढ १, २०७१

जातीय विभेद गर्ने असइविरुद्ध जवानको उजुरी

हिमालखबर

धनकुटाको ओख्रे प्रहरी चौकीमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट डाँडाबजारमा कार्यरत प्रहरी जवान युवराज परियारले पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवराज कार्कीले भान्सा कोठामा जान नदिने, खाना खाँदा बेग्लै बस्नु पर्ने, बिनाकारण गालिगलौज गर्ने लगायतको विभेद गरी आफूलाई अपमान गरेको भन्दै जिल्ला प्रहरीमा उजुरी दिएका छन् ।

दरबन्दी ओख्रेमा भएपनि पाँच महिनादेखि डाडाँबजारस्थित अस्थायी प्रहरी पोष्टमा परियार कार्यरत छन् ।

आफूमाथि ‘जातीय विभेद’ भएको भन्दै परियारले उजुरी दिएपछि असई कार्कीसँग स्पष्टिकरण मागिएको प्रहरी उपरीक्षक इश्वरीप्रसाद चापागाईले बताए ।

उनले घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन पेस गर्नका लागि इलाका प्रहरी कार्यालय राजारानीका इन्सपेक्टर सुरेन्द्रप्रकाश श्रेष्ठलाई निर्देशन समेत दिईएको पनि जानकारी दिए ।

असई कार्कीलाई कडा कारवाही गर्नुपर्ने दलित एकता समाज धनकुटाकी पूर्व संयोजक कोपिला शंकरले माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>