थप समाचारआइतबार, आषाढ १, २०७१

दिवंगत राजा वीरेन्द्रको सम्पत्ति कति ?

रासस

नेपाल ट्रष्टले १ असारमा पत्रकार सम्मेलन गरेर दिवंगत राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने आशा गरिए पनि त्यो अनुसार सम्पत्ति नभएको जानकारी दिए ।

ट्रष्टका अनुसार वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको ५ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता सेयर प्राप्त भएको छ ।

वि.सं. २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको २८ जेठसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको कबिर रु.२ लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ ।

अचल सम्पत्तिको हकमा गत वर्ष करिब ५ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना छ ।

सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चार÷पाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको सचिव गौतमले जानकारी दिए ।

ती जग्गामध्ये धादिङ र नुवाकोटमा रहेको करिब १५ हजार २७३ रोपनी जग्गा २१ जेठ २०७१ म बसेको मन्त्रिपरिषद्को निर्णयानुसार ट्रस्टमा आइसकेको र बाँकी काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको करिब ११ हजार ३५३ रोपनी जग्गा ट्रस्टको सञ्चालक समितिको बैठकले निर्णय गरी ट्रस्टमा ल्याउनका लागि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा सिफारिस भइसकेको जनाइएको छ ।

वीरेन्द्र र उनको परिवारको नेपालमा रहेको अचल सम्पत्ति केही प्राप्त भएको र खोजबिन अझै जारी रहेको ट्रष्टले जनाएको छ । उनले विदेशी सम्पत्ति खोजबिन सम्बन्धमा विभिन्न मुलुकको बैंक तथा अन्य निकायमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्दा हालसम्म कुनै चल तथा अचल सम्पत्ति प्राप्त हुन नसकेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>