समाचारबुधबार, भाद्र २७, २०६९
खानेपानी संस्थानका कर्मचारी दुई घण्टा नबोल्ने
कर्मचारी परिषद्का अध्यक्ष भीमसेन पोखरेलले संस्थानमा लामो समयदेखि महाप्रबन्धक नियुक्ति हुन नसकेको र असारदेखि संस्थानमा कार्यरत कर्मचारीले पाउनुपर्ने तलब सुविधा नपाएकाले २७ भदौदेखि सबै कार्यालयमा तालाबन्दी गरेको बताए । उनले संस्थानमा महाप्रबन्धक नियुक्त नहुँदा गत असारदेखि आर्थिक कारोबार बन्द भई कर्मचारीले तलबभत्ता पाउन नसकेको बताए ।
कर्मचारी परिषद्ले आजैदेखि नयाँ चरणको आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । परिषद्का अनुसार २८ भदौ बिहान १० देखि १२ बजेसम्म दुई घण्टा मौन रहने र ३० गतेदेखि संस्थानको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरिने छ । सोमबार दुई घन्टा तालाबन्दी गरेको परिषद्ले २६ भदौ बिहान १० देखि साँझ ५ बजेसम्म तालाबन्दी गरेको थियो । रासस
