समाचारसोमबार, आषाढ २, २०७१
इराक भ्रमण नगर्न सरकारको अपील
परराष्ट्र मन्त्रालयले २ असारमा सर्वसाधारणका लागि अपिल जारी गर्दै इराकमा भ्रमण नगर्न भनेको हो । इराकमा रहेको नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति उच्च सतर्कता अपनाउन पनि मन्त्रालयले भनेको छ ।
मन्त्रालयले आफू र आफ्ना निकटका कोही कुनै समस्यामा परेको जानकारी प्राप्त भएमा तुरुन्त नेपाली राजदूतावास इस्लामावाद वा नेपाली राजदूतावास कुवेत सिटीमा सम्पर्क राख्न आग्रह गरेको छ ।
सरकारले नेपाल राजदूतावास इस्लामावादको सम्पर्क नम्बर ००९२५१२६५५१३९, ००९२५१२६५५१८२, ००९२५१२६५५१८३, ००९२५१२६५५१८१ तथा फ्याक्स नं. ००९२५१२६५५१८४ र इमेल [email protected], nepem@isb,comsats.net.pk, [email protected] तथा नेपाली राजदूतावास कुवेत सिटीको सम्पर्क नम्बर ००९६५२५३३१६०३, ००९६५२५३२१६०४, ००९६५२५३२१६०५, फ्याक्स ००९६५२५३२१६०१, ००९६५२५३२१६२८ र इमेल [email protected], [email protected] जानकारी गराउन पनि सर्वसाधारणलाई भनेको छ ।
रासस
