समाचारबुधबार, भाद्र २७, २०६९
सैनिक अधिकृतमा ९१ पूर्व लडाकूले फारम भरे
उमेर र शैक्षिक योग्यता पुरा भएका पूर्व लडाकूले समायोजनका लागि भर्ना फारम भरेको सेना समायोजन विशेष सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए । शर्माले अधिकृत तहको भर्नाका लागि देशैभरबाट ९४ लडाकु सम्पर्कमा आएको बताए । उन्ले बन्द लगायतका कारण सबै जना फारम भर्न आउन नसकेको हुन सक्ने बताए ।
सुबेदार तहसम्मको पदका लागि सबै डिभिजनबाट १ हजार ४६४ लडाकुले फारम भरेका छन् । सात वटै शिविरमा ३ हजार १२३ लडाकूले समायोजन रोजेका थिए । देशभरका लडाकुलाई अधिकृतस्तरको छनौटका लागि पूर्वी चितवनको चैनपुरमा रहेको सैनिक आवासीय महाविद्यालयमा स्थान तोकिएको छ ।
फारम भरेका सबै लडाकुको लिखित परीक्षा सम्वन्धित डिभिजनमा १ असोजमा हुने शर्माले जानकारी दिए । माओवादी पूर्व लडाकुको समायोजन प्रक्रिया २१ भदौबाट सुरु भएको थियो ।
