समाचारमंगलबार, आषाढ ३, २०७१

‘ग्रिनकार्ड लिएका कर्मचारीलाई असोजसम्ममा कारबाही’

हिमालखबर

विराटनगरमा ३ असारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय विकास मन्त्री लालबाबु पण्डितल कर्मचारी चौथो संशोधन ऐन आएलगत्तै पिआर र ग्रिनकार्ड लिने निजामती कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्ने दाबी गरेका छन् ।

उनले अहिले आफ्नो जानकारीमा करिब ४०० त्यस्ता कर्मचारीको नामावली आएको जानकारी दिए ।

यही वर्ष अर्को एक अन्य ऐनबाट सेना, प्रहरी, शिक्षक, चिकित्सकलगायतका नेपाल सरकारबाट तलब भुक्तानी लिने राष्ट्रसेवक कर्मचारीहरू आफ्नो क्षेत्रबाहेक अन्य लाभदायी क्षेत्रमा कार्य गरेको पाइएमा कारबाही गरिने पनि मन्त्री पण्डितले बताए ।

उनले पार्टीको महाधिवेशनका लागि आफूले कोही कसैसँग चन्दा सङ्कलन नगरेको प्रष्ट पार्दै मन्त्री पदबाट आउने पारिश्रमिकबाटै अधिवेशनका लागि चन्दा दिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>