समाचारबिहीबार, भाद्र २८, २०६९
नेकपा-माओवादीको बन्द १२ बजेसम्म
माओवादी नेतृ जयपुरी घर्ति मगरले बाल दिवस परेकाले आधा दिन मात्रै बन्द गर्न लागेको हिमालखबरलाई जानकारी दिइन् । मगरका अनुसार बाल दिवस प्रभावित गर्न नहुने भनेर धेरै ठाउँबाट दवाव आएकाले बन्दको समय घटाइएको हो । उनले भनिन्, “कार्यक्रमतय गर्दा बाल दिवस भनेर थाहा पाएनौं ।”
