समाचारमंगलबार, आषाढ ३, २०७१

लमजुङमा सुरुङ मार्ग

हिमालखबर

फाइल तस्वीर:युवराज श्रेष्ठ

निर्माणधिन ५० मेगावाटको माथिल्लो मर्स्याडदी ए जलविद्युत आयोजनाले निर्माणस्थलसम्म पुग्नका लागि सुरुङ मार्ग बनाएको छ ।

३०० मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानीयबासीलाई समेत आवातजावतमा सजिलो भएको छ ।

आयोजनाले मस्र्याडदी नदीमा मोटर चल्ने पुल बनाएर पहरा फोरि सुरुङमार्ग समेत निर्माण गरेपछि सडकमार्ग छोटिएको छ ।

यसअघि बेसीशहर चामे सडक खण्ड अन्र्तगत थाकनबेसीसम्म मोटर चढेपछि मस्र्याडदीको झुलुगे पुल तर्नुपर्ने बाध्यता थियो । “पहराभित्र बाटो निस्किन्छ भन्ने सपनामा पनि सोचेकी थिइन्, आज आफै हिड्न पाए, दंग छु,” भूलभूले, ६ नया“गाउ“की खौमति गुरुडले भनिन्, “रमाइलो मात्र हैन साह्रै सजिलो भएको छ ।”

आयोजनाले आफ्नो प्रयोगका लागि सुरुड बनाएपनि सर्वसाधारणका लागि खुल्ला गरिएको यो सम्भवत नेपालकै पहिलो सुरुङमार्ग हो ।

युवराज श्रेष्ठ/लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>