थप समाचारमंगलबार, आषाढ ३, २०७१

नक्कली नागरिकता लिएको आरोपमा भारतीय पक्राउ

हिमालखबर

भारत, विहार राज्यको पश्चिम चम्पारणका मन्सुर खानले वीरगञ्ज–३ का फरिद शेषको छोरा भएको झुठो विवरण पेश गरी २०३३ सालमा नागरिकता लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ मंसीर २०६८ मा नागरिकता खारेज गरी कार्वाहीको निर्देशन जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

त्यसपछि फरार रहेका भारत, बिहारको पश्चिम चम्परण जिल्ला शिकारपुर थाना, मौजे विनवलिया, चेगवन प्रगना मझौवा निवासी सुलेमान मियाँको छोरा मन्सुर खान फरार थिए ।

मन्सुर शेष भनिने मन्सुर खानलाई प्रहरीले वीरगञ्ज–३ स्थित घरबाटै २ असारमा पक्राउ गरेको हो ।
बिम्मी शर्मा, बिम्मी शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>