समाचारबुधबार, आषाढ ४, २०७१

मेक्सिकोले ब्राजिललाई निराश बनायो

हिमालखबर

तस्वीर: एएफपी

३ असारमा भएको खेलमा तुलनात्मक रुपमा कमजोर भनिएको मेक्सिकोले ब्राजिललाई बराबरीमै रोक्न सफल भएको छ ।

मेक्सिकोको बलियो रक्षा पंक्तिले ब्राजिलको कैयौं प्रहारलाई असफल सावित गरेको थियो । फोर्टालेजाको स्टेडियममा खचाखच भरिएका प्रशंसकलाई ब्राजिलको प्रदर्शनले हतास बनायो ।

खेलका ‘हिरो’ मेक्सिकोका गोलरक्षक गिलेर्मो ओचा थिए । उनले ब्राजिली खेलाडीले गरेका ‘गोल हुनसक्ने’ धेरै प्रहारहरु रोके । पहिलो हाफमै ब्राजिलीयन स्टार नेयमारको हेडरलाई गिलेर्मोले उत्कृष्ट तरिकाले रोकेपछि निकै प्रशंसा बटुलेका छन् ।

मेक्सिकोको रक्षा पंक्तिले पनि ब्राजिलको प्रत्येक आक्रमणलाई विफल बनायो ।

धेरै राम्रा ‘मुभ’ हरु बनाएको ब्राजिलले राम्रो तालमेल नहुँदा ती ‘मुभ’ लाई गोलमा परिणत गर्न सकेन ।

प्रतियोगिता शुरु हुनु अघि विश्वकपकै दाबेदार मानिएको ब्राजिलले क्रोएशिया र मेक्सिकोसँगका खेलमा गरेको प्रदर्शनले उसलाई उपाधि जित्न आफ्नो स्तर निकै माथि उठाउनु जरुरी रहेको खेल विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>