थप समाचारबुधबार, आषाढ ४, २०७१

९७ इण्डोनेशियाली बोकेको डुंगा समुद्रमा डुब्यो

हिमालखबर

मलेशियाली अधिकारीहरुका अनुसार ९७ जना यात्रु बोकेको डुंगा स्थानीय समय अनुसार मध्यरातमा मलक्का खाडीमा डुब्दा ४२ जना वेपत्ता भएका छन् ।

मलेशियाली ‘मरीटाइम इन्फोर्समेन्ट एजेन्सी’ का अधिकारीका अनुसार डुंगामा सवार सबै अवैधरुपमा मलेशिया प्रवेश गर्न थालेका इण्डोनेशियाली नागरिक थिए । यात्रुहरुमा महिला र बालबालिका पनि रहेको बताइएको छ ।

तर उद्दारकर्मीहरुले भने उक्त डुंगा मलेशियाबाट इण्डोनेशियातर्फ जाँदै गरेको बताएका छन् । मलेशियामा अवैधरुपमा काम गर्ने इण्डोनेशियालीको संख्या प्रशस्तै छ । उनीहरु पर्व मनाउन घर फर्कन थालेको पनि ती उद्दार अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

मलेशियाली अधिकारीहरुले ६६ जना यात्रु हराइरहेको बताए पनि स्थानीय प्रहरीले भने ५५ जना यात्रुको स्थानीय माझी र सुरक्षाकर्मीले उद्दार गरेको बताएका छन् । उनका अनुसार अब बाँकी ४२ जनाको खोजी कार्य जारी छ ।

मलेशियाले उद्दारका हेलिकप्टर थुप्रै डुंगाहरु घटनास्थलतर्फ पठाएको छ ।

रोयटर्सका अनुसार काठले बनेको उक्त डुंगा समुद्री यात्राको लागि अनुपयुक्त थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>