समाचारबुधबार, आषाढ ४, २०७१
संविधान नबने आन्दोलनः दाहाल
एमाओवादी अध्यक्ष दाहालले संविधान नबने आन्दोलनमा जाने अवस्था हुने बताएका छन् । बर्दियाको बाँसगढी बजारमा ४ असारमा आयोजित सभालाई संबोधन गर्दै उनले संविधानमा उत्पीडितको अधिकार सुनिश्चित हनुपर्नेमा जोड दिए ।
उनले आफूहरु जातीय, क्षेत्रीय, वर्गीय र उत्पीडितको पक्षमा सधैं रहिरहने बताए । उनी त्यस क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवारका लागि भोट माग्दै घरदैलो कार्यक्रममा पनि सहभागी भएका थिए ।
रासस
