समाचारबिहीबार, आषाढ ५, २०७१

कांग्रेससँग सहकार्य टु्टदैनः पोखरेल

हिमालखबर

एमाले महासचिव पोखरेलले सरकार संचालनमा केही बिमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म कांग्रेससँगै सहकार्य कायम रहने बताएका हुन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा ५ असारमा प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नवौं महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधवकुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको बताए ।

उनले वरिष्ठ नेता नेपालले लामो समय पार्टी नेतृृत्व हाँकेकाले सम्मानपूर्वक बस्नुपर्ने टिप्पणी गरे । उनले भने, “नेता नेपाल सम्मानका लागि पद बिनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ ।”

पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले नेपालले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पोखरेलको जिकिर छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>