समाचारबिहीबार, आषाढ ५, २०७१
पाँच कम्युनिष्ट पार्टीबीच एकताः गजुरेल
एमाओवादी नेता गजुरेलले एमाओवादी, नेकपा–माओवादीसहितका पाँच कम्युनिष्ट पार्टीबीच एकताको प्रयास भइरहेको बताएका हुन् । रिपोर्टर्स क्लबले ५ असारमा गरेको कार्यक्रममा उनले भने, “पार्टी एकताका लागि शीर्ष तहमा कुरा भइरहेको छ, छिट्टै पार्टी एकताको घोषणा हुन्छ ।”
पार्टी फुटाउनु गल्ति भएको बताउँदै उनले अहिले वैद्य माओवादीले अघि सारेको बुँदामा छलफल जारी रहेको जानकारी दिए । उनले भने, “अहिले हेटौंडा महाधिवेशन र विराटनगर सम्मेलनको निर्णयको विषयमा कुराकानी भइरहेको छ ।”
उनले अब मुलुकमा राष्ट्रपति पद्धतिको विकल्प नभएको दावी गरे । उनले यस विषयमा कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पार्दै जातीय संघीयताको पक्षमा आफूहरु नरहेको दावी गरे ।
