थप समाचारबिहीबार, आषाढ ५, २०७१
दुई किशोरीको सीमाबाट उद्धार
पर्साको इनर्वा प्रहरी चौकीले भारततर्फ बेचबिखनकालागि लैजाँदै गरेको अवस्थामा १४ वर्षीया र १६ वर्षीया किशोरीको उद्धार गरेको छ ।
नियमित चेकजाँचको क्रममा ४ असारमा सीमावर्ती भारतीय बजार रक्सौल जाँदै गरेको अवस्थामा प्रहरीले एक किशोरीलाई टेम्पोमा र अर्की किशोरीलाई रिक्सामा जाँदै गरेको अवस्थामा उद्धार गरेको हो । दुबै किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ ।
दुबै किशोरीलाई ललाइफकाइ बेच्न लग्ने भारत विहारको पूर्वी चम्पारण मोतिहारीका २० वर्षीय अनिल साहलाई पनि प्रहरीले पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाउने तयारी गरेको छ ।
यातायात व्यवस्था कार्यालयमा दलाली गर्नेहरु पक्राउ
वीरगञ्जस्थित नारायणी यातायत व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र बनाउन आएकासँग दलाली गर्ने ८ जनालाई पर्सा प्रहरीले ५ असारमा पक्राउ गरेको छ ।
आफूहरुले हाकिम चिनेकाले छिटो काम गराई दिन्छौं भन्दै सवारी चालक अनुमति पत्र बनाउन आएकासँग रकम असुल गर्ने ८ जना दलालहरुलाई वीरगञ्ज १८ का प्रदिपकुमार गुप्ता, १४ का प्रमोद कुमार र सुरेश महतो, ८ का प्रकाश रौनियार, रुपेश ढकाल, मनोज कुमार नेपाली, श्रीकान्त ठाकुर र रामनरेश महतोलाइ दिउँसो १२ बजे पर्सा प्रहरीले पक्राउ गरेको हो ।
बिम्मी शर्मा, वीरगञ्ज
