थप समाचारशुक्रबार, आषाढ ६, २०७१
पहिरोले पुरेर एकै परिवारका ९ को मृत्यु
गुल्मीको अग्लुङ्ग–८ निपानेमा ५ असार राति गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ६३ वर्षीय भविलाल कुँवर, उनकी श्रीमती ६० वर्षीया चेती कुँवर, बुहारी ३० वर्षीया सीता कुँवर, नातिनीहरु ४ वर्षकी हरीकला कुँवर र २ वर्षकी विपना कुँवर, नाती १० वर्षका चेतमान कुँवर, नातिनी ८ वर्षकी विन्दु कुँवर, भाईको छोरी ६ वर्षकी भिमा कुँवर, र छोेरी अन्दाजी ४० वर्षकी जुठी विष्ट रहेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए ।
घटनास्थल सदरमुकाम तम्घासबाट करिव ४२ कोष टाढा पश्चिमी प्यूठानसँग सिमाना जोडीएको दुर्गम गाविस हो ।
घटनास्थलमा इलाका प्रहरीकार्याल पुर्कोटबाट प्रहरी टोली पठाइएको छ भने सदरमुकामबाट चिकित्सक, नेपाली सेना र ससस्त्र प्रहरीको टोली समेत रमाना भएको छ ।
५ असार दिउँसोदेखि परेको भारी बर्षाका कारण अग्लुङ्गका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले एउटा घर बगाएको छ भने, ३ वटा घर पुरेको छ । त्यसैगरी ५ वटा घर जोखिमपूर्ण अवस्थामा रहेको स्थानीयले जनाएका छन् ।
गगनशिला खड्का, गुल्मी
