समाचारशुक्रबार, आषाढ ६, २०७१

चार करोडको यार्सागुम्बा र नगद लुटियो

हिमालखबर

यार्सागुम्बा सङ्कलन गर्न डोल्पाको नाउरे पाटन गएका व्यापारी र सर्वसाधारण राति सुतिरहेको बेला ५ असार राति १२ जना हतियारसहित आएका  लुटेराको समूहले नगद र संकलित यार्सागुम्बा गरेर रु ४ करोड लुटेर लगेको प्रहरीले बताएको छ ।

राति सुतिरहेका बेलामा एक्कासि पालमा पसी ‘तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’ भनेर धम्क्याएपछि सबै चुप बसेका र उनीहरुको नगद र यार्सागुम्बा लुटेर लगेको बताइएको छ  ।

लुटपाट से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भएकाले ६ असार बिहान से–फोक्सुण्डो निकुञ्जबाट नेपाली सेनाको एक टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेले नेतृत्वको ११ सदस्यीय अर्को टोली घटनास्थलतर्फ गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले बताएका छन् ।

त्यसैगरी, रिग्मो पोस्टबाट नेपाली सेनाको एक टोली घटनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ गएको नेपाली सेनाले बताएको छ ।

दुनै सदरमुकामबाट तीन दिन पैदल हिँडेपछि मात्र सो घटनास्थलमा पुगिने भएका कारण थप जानकारी आउन समय लाग्ने प्रजिअ खनालले बताए ।

रासस

पीडाको सिजन

जीवनदायी बुटी यार्साबारे सरकारको नीतिगत अस्पष्टताका कारण हिउँ जस्तै स्वच्छ चित्तका उच्च पहाडी तथा हिमाली बासिन्दा अनगिन्ती विकृतिको शिकार भइरहेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>