समाचारशुक्रबार, आषाढ ६, २०७१
१७ घण्टा अवरुद्ध सडक खुल्यो
५ असार साँझ भंैसे गाविसकी १२ वर्षीया शर्मिला ब्लोनलाई ना २ त ८६८२ नंम्बरको ट्याक्टरले किच्दा घटनास्थलमै ज्यान गएको थियो । नामटारको बासुकी निमाविमा ५ कक्षामा अध्ययनरत बालिका ब्लोन विद्यालय छुटेर घर आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि चालक फरार रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख किरणजंग थापाले बताए । बालिकाको मृत्यु भएपछि उनका आफन्तले दोषीलाई कार्बाही र क्षतिपूर्तिको माग गर्दे रातभर सडक अवरुद्ध गरेका थिए ।
जिल्ला तथा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलिले दोषीलाई आवश्यक कार्वाही गर्ने र क्षतिपूर्ति दिलाउन सहयोग गर्ने भनेपछि सडक खुलेको हो ।
सुरजकुमार भुजेल, मकवानपुर

