समाचारबिहीबार, भाद्र २८, २०६९
अत्यावश्यक खाद्यन्नको मूल्य निर्धारण
व्यावसायीहरुको समेत सहमतिमा निर्धारण गरिएको नयाँ मुल्य अनुसार प्रतिकिलो स्टिम सोना मन्सुली रु. ४६, स्टिम जिरा मसिनो रु. ६०, जिरा मसिनो रु. ५५, मासको दाल रु. ९६, ठूलो मासको दाल रु. १०५ भन्दा बढी मूल्यमा बेच्न पाइदैन ।
यसैगरी मझौला मुसुरोको दाल रु. ९३, ठूलो मुसुरोको दाल १०२, मुगीको खोस्ता मझौला रु. ११७, चना रु १०७, सेतो केराउ रु. ६५, बोडी रु. ९६, आँटा रु. ३१ र मैदाको रु ३६ अधित्तम मूल्य निर्धारण गरिएको छ ।
२९ भदौदेखि नै नयाँ मूल्या लागु हुने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारीले जानकारी दिए ।
