थप समाचारशनिबार, आषाढ ७, २०७१
घाँटीमा खुकुरी राखेर धनमाल डकैती
भक्तपुर सिरुटार गाविस भवन नजिकै श्रीमान् विदेश रहेका प्रगति थापाको एकतले घरको छतबाट ६ असार राति करिब १ बजे घरभित्र प्रवेश गरेका तीनजनाको समूहले १२ वर्षीया छोरीसँगै सुतेकी थापाको घाँटीमा खुकुरी राखेर धनमाल लुटेका छन् ।
खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, रु ४५ हजार नगद, ल्यापटप एक थान, ट्यावलेट एक थान र मोबाइल दुई थान लुटेर लगेको स्थानीय बासिन्दा शशीजङ्ग थापाले जानकारी दिए ।
कालो लुगामा माक्स लगाएर आएको समूहले आधाघण्टाको बीचमा सामान लिएर करिब २ बजे गएपछि थापाले होहल्ला गरेकी थिइन् । घरमा लुटपाट गरेपछि लुटेरा मोटरसाइकलमा भागेका स्थानीयवासीले बताएका छन् ।
रासस
