समाचारशुक्रबार, भाद्र २९, २०६९
महानिरीक्षक रानालाई दर्ज्यानी चिन्ह प्रदान
गृह मन्त्रालयमा २९ भदौमा आयोजित समारोहमा गृह सचिव घिमिरेले महानिरीक्षक रानालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन । रानालाई २८ भदौमा सरकारले महानिरीक्षकमा बढुवा गरेको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक रानाले गैर व्यावसायिक आचरण नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।
३० कार्तिक २०४० मा प्रहरी निरीक्षकबाट करिअर आरम्भ गरेका राना नेपाल प्रहरीको २३ औं महानिरीक्षक हुन । पाल्पा, बौघा- ५ मा ३ साउन २०१७ मा जन्मेका राना गएको असारमा प्रहरी अतिरिक्त महानिरीक्षकमा भएका थिए ।

