समाचारआइतबार, आषाढ ८, २०७१
६६ प्रतिशत मत खस्यो, ९ असार बिहानसम्म मतपरिणाम आउने
संविधानसभा उपनिर्वाचनको मतपरिणाम ९ असार बिहानसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले ८ असारमा गरेको पत्रकार सम्मेलनमा आयुक्त इला शर्माले भोली बिहानसम्ममा मतपरिणाम आइसक्ने जानकारी दिइन् ।
आयोगले ८ असार रातिदेखि नै मतगणना शुरु हुने पनि जनाएको छ । ८ असारमा चार निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।
निर्वाचनमा ६६ प्रतिशत मत खसेको आयोगको दावी छ । आयोगका अनुसार काठमाडौं–२ मा ६० प्रतिशत, चितवन–४ मा ७३ प्रतिशत, बर्दिया–१ म ७४ प्रतिशत र कैलाली–६ मा ६० प्रतिशत मतदान भएको छ ।
आयुक्त शर्माले सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पनि बताइन् । उपनिर्वाचनमा ३२४ मतदान केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मेशिनबाट मतदान भएको थियो ।

