समाचारसोमबार, आषाढ ९, २०७१

काठमाडौंमा कुइँकेल विजयी

हिमालखबर

काठमाडौं–२ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई हराउँदै कांग्रेस उम्मेदवार कुइँकेल विजयी भएका हुन् । उनले १८ हजार २०० मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठले १३ हजार ४२१ मत ल्याए । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सो क्षेत्रमा विजयी भएका थिए ।

तेस्रो स्थानका एमाओवादी उम्मेदवार लीलामणि पोखरेलले ४ हजार ६०७ मत ल्याए ।

४ मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा माधवकुमार नेपालले २० हजार ४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४६९ मत ल्याएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>