थप समाचारसोमबार, आषाढ ९, २०७१

हत्या आरोपमा प्रधानाध्यापकसहित ६ पक्राउ

हिमालखबर

माछा व्यवसायी विक्रम सहनीको हत्या अभियोगमा प्रहरीले ९ असारमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी, भ्रमरपुरा–१ का लखिचन्द्र साह, सरपल्लो–४ का रामदरेश ठाकुर, रामदुलुम साह, रामगोपालपुर–१ दोलाठीका ठोरफुटवा भन्ने रामउदीस ठाकुर,साहेव भन्ने सइव नदाफ र खोपी–७ का बेल्बा भन्ने बलीराम चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । चुल्हाई माया प्रावि सरपल्लोका प्रधानाध्यापक रहेका लखिचन्द्रसहित छ जनामाथि माछा व्यवसायी विक्रम सहनीलाई अपहरण गरी हत्या गरेको आरोप छ । हत्यापछि उनीहरू फरार थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठका अनुसार अपहरणकारीले १२ साउन २०७० मा सरपल्लो–७ बस्ने माछा व्यवसायी विक्रमलाई अपहरण गरी सहसौला–५ स्थित खेतमा हत्या गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>