थप समाचारमंगलबार, आषाढ १०, २०७१

दाहालले भने, ‘बाबुरामजी र म संधै मिलेका छौं’

हिमालखबर

१० असारमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण हुने संकेत प्रष्ट भइरहेको बताएका छन् । ६ असार विहान डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा भने दाहालले संविधानसभाले संविधान जारी गर्छ भन्ने कुनै ‘ग्यारेन्टी’ नभएको बताएका थिए ।

उनले आफ्नो पार्टी पहिचान र सङ्घीयतासहितको लोकतान्त्रिक संविधानको पक्षमा रहेको भन्दै उपनिर्वाचनको परिणाम समेत आफूलाई नौलो नलागेको बताए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै दाहालले नेता बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभई पार्टीलाई बलियो बनाउने सन्दर्भमा सौद्धान्तिक बहस मात्रै भएको दाबी गरे ।

“हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ,” दाहाले भने, “दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता छैन ।”

कार्यक्रममा दाहालसँगै रहेका एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो बहस व्यक्तिगत भागबन्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको बताए ।

आफू संविधानसभा संसदीय समितिको बैठकमा व्यस्त रहने भएकाले पार्टीका धेरै कार्यक्रममा सहभागी नहुने गरेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>