थप समाचारमंगलबार, आषाढ १०, २०७१
५ वर्षे बालक कक्षाकोठामै थुनिए
पाँचथर, फिदिम–५ जोरसालस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलको एलकेजीमा अध्ययनरत बालक मौसम लोहार कक्षाकोठामै थुनिएका हुन् । स्कूलको लापरबाहीका कारण उनी स्कूल छुट्टी भएको तीनघण्टासम्म कोठामै थुनिएको अवस्थामा फेला परेका थिए ।
१० असारमा स्कूल छुट्टी भएको तीनघण्टामा पनि घर नपुगेपछि अविभावकले खोजी गर्ने क्रममा उनलाई स्कुलकै कोठामा भेटिएको थियो । स्कूलका संस्थापक भीम नेपालले स्कूलकै लापरबाहीका कारण यस्तो घटना भएको स्वीकारेका छन् ।
कक्षाकोठाभित्र विद्यार्थी नहेरी नै ढोका बन्द गरिदिँदा बालक थुनिएको उनको भनाइ छ । कोठामा थुनिएपछि रुँदारुँदा थाकेको अवस्थामा बालक फेला पारिएको अविभावकको भनाइ छ ।
लक्ष्मी गौतम, पाँचथर
