समाचारमंगलबार, आषाढ १०, २०७१
सरकारले यार्सागुम्बा घटनाको छानबीन गर्ने
सरकारले १० असारमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको अध्यक्षतामा छानबीन समिति गठन गरेको छ । समितिले २० जेठमा डोल्पाको धो गाविसमा भएको घटनाबारे विस्तृत अध्ययन गर्ने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, समितिले धो गाविसबाहेक विभिन्न समयमा यार्सागुम्बा टिप्ने क्रममा भएको घटनाको पनि छानबीन गर्नेछ ।
घटनाको सत्यतथ्य पत्ता लगाई सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनेको मन्त्रालयले जनाएको छ । समितिको सदस्यमा वरिष्ठ प्रहरी उपरीक्षक मधुप्रसाद पुडासैनी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक यादव रेग्मी छन् ।
रासस
