समाचारमंगलबार, आषाढ १०, २०७१

इराकमा फसेकाको उद्दार गर्न सरकारले विशेष प्रतिनिधि तोक्यो

हिमालखबर

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई ‘इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्रमन्त्रीका विशेष प्रतिनिधि’मा नियुक्त गरेको हो । इराकमा फसेका नेपाली नागरिकलाई उद्दार गर्ने कार्यसमेतका लागि नेपाली दुतावास कुबेतमा मुकाम कायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्यसम्पादन गर्ने जिम्मेवारी मैनालीलाई तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मैनाली आफ्नो जिम्मेवारी वहन गर्न चाँडै त्यसतर्फ जाने बताएका छन् । मन्त्रालयले १० असारमा जारी गरेको विज्ञप्तिमा इराकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा त्यहाँ विकसित घटनाक्रम र त्यसले त्यहाँ रहेका नेपालीमा पारेको प्रभावका विषयमा मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन तथा अनुगमन गर्ने कार्यलाई जारी राखेको उल्लेख छ ।

मन्त्रालयमा जडान गरिएको टोल फ्रि टेलिफोन नम्बर १६६०–०१–००१८६ तथा इमेल [email protected] मा नेपालभित्र तथा बाहिरबाट इराकमा रहेका नेपालीका विषयमा सूचना प्राप्त हुने क्रम जारी नै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले माथिको नम्बर तथा इमेलमा सूचना उपलब्ध गराई उद्दारमा सहयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>