थप समाचारबुधबार, आषाढ ११, २०७१

जग्गा विवादले काबेली करिडोरको काम प्रभावित

हिमालखबर

फाइल तस्वीर

काबेली करिडोरअन्तर्गत पाँचथरको फिदिम–जोरसालखण्डमा स्थानीयले अवरोध गर्दा आयोजनाको काम अघि बढ्न नसकेको हो । करिडोरको सवस्टेशन निर्माणका लागि प्रस्ताव गरिएको जग्गाको मुआब्जा माग गर्दै स्थानीयले अवरोध गरेको आयोजनाले जनाएको छ ।

झापाको लखनपुरदेखि पाँचथरको काबेलीसम्म निर्माण हुने प्रशारणलाइनअन्तर्गत चार वटा सवस्टेश राख्नका लागि काम शुरु भएको छ । करिडोरअन्तर्गत झापा–ईलाम खण्डको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख उद्धवलाल श्रेष्ठले जानकारी दिए ।

झापा–इलाम खण्डको इलामस्थित गोदोक, राँके र पाँचथरको फिदिममा सवस्टेशनको चलिरहेको छ । चारवटै ठाउँमा निर्माण कार्य भइरहे पनि पाँचथरको फिदिममा अवरोध आएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

स्थानीयले उचित मुआब्जा पाए प्रशारणलाइन निर्माणको काममा अवरोध नगर्ने बताएका छन् । सरोकारवालाको छलफलमा उनीहरुले आफूहरुले उचित मुआब्जा पाउनुपर्ने बताएका छन् ।

चारवर्ष अघि शुरु भएको आयोजना २०७२ भित्रमा पूरा गर्ने लक्ष्य छ । रु.२ अर्ब ५८ करोड अनुमानित लागतको करिडोर तोकिएको समयभित्रै पूरा गर्न काम अघि बढाइरहेको आयोजनाका जनसम्पर्क अधिकृत प्रेमराज लिम्बूले बताए ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>