थप समाचारबुधबार, आषाढ ११, २०७१

नेपाली चेलीले उत्तर अमेरिकी चुचुरोमा झण्डा फहराए

हिमालखबर

माउण्ट म्याक किन्लेको आधार शिविरमा नेपाली महिला टोली । तस्वीर: शैली वस्नेतको फेसबुकबाट

सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेर सेभेन समिटको यात्रा शुरु गरेका नेपाली चेलीको टोलीले २४ जुन २०१४ मा स्थानीय समयअनुसार १:४५ बजे उत्तरी अमेरिकास्थित माउण्ट म्याककिन्ले (डेनाली) को सफल आरोहण गरेका छन् ।

टोलीकी सदस्य शैली वस्नेतका अनुसार चुनु श्रेष्ठ, निमडोमा शेर्पा, आशाकुमारी सिंह, पेमा डिक्की शेर्पा सँगै फोटोग्राफर आङछिरिङ लामाले पनि हिमाल आरोहण गरे । उनीहरुले शिखरमा पुगेर नेपाल झण्डा फहराएको बताएका छन् ।

आरोहणकै क्रममा माया गुरुङलाई निमोनिया भएपछि उनको यात्रा बीचमै स्थगन गर्नु पर्‍यो भने मायाको स्याहार र अन्य ‘लजिस्टिक सपोर्ट’का लागि शैली आफूले पनि हिमाल चढ्न नपाएको बताईन् ।

यसअघि उनीहरुले सगरमाथासाथै युरोपको एलबर्ज, अष्ट्रेलियाको कोसियुज्को/टारग्यांगिल, अफ्रिकाको किलिमान्जारो, दक्षिण अमेरिकाको अकुन्कागुवाको सफल आरोहण गरिसकेका छन् ।

सात सदस्यीय उक्त महिला पर्वतारोही दलले अब आफ्नो अभियानको अन्तिम गन्तव्य मानववस्तीविहीन अन्टार्टिका महाद्वीपको सबैभन्दा अग्लो चुचुरो भिन्सन म्यासिफ रहेको जनाएको छ ।

विश्वमै महिला शिक्षा र सशक्तीकरणका साथै वातावरण संरक्षणप्रति जनचेतना प्रवद्र्धन गर्न समर्पित उक्त पर्वतारोही टोलीलाई संयुक्त राज्य अमेरिकाको अलास्का राज्यस्थित डेनाली आरोहण गर्न नेपाल पर्वतारोहण सङ्घ, गोल्छा अर्गनाइजेसन, पञ्चकन्या समूह, फूलकुमारी महतो स्मृति गुठीलगायतको सहयोग रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>