थप समाचारबुधबार, आषाढ ११, २०७१
आगलागीबाट सूर्य नेपाललाई २२ करोडको क्षति
कास्कीको लेखनाथ नगरपालिका विजयपुरस्थित शान्तिमार्गमा रहेको सूर्य नेपाल प्रालीको गोदाममा १० असार राति २ बजेदेखि लागेको आगो ११ असार मध्याह्न १२ बजेमात्र पूर्ण रुपमा नियन्त्रण्मा आएको प्रहरीले जनाएको छ ।
आगोले पुर्याएको क्षतिको पूर्ण विवरण आइनसके पनि गोदामम रहेको करिव २२ करोड रुपैयाँ बराबरको चुरोट नष्ट भएको सूर्य नेपालका भाईस प्रेसिडेण्ट (कर्पोरेट) रवि केसीले जानकारी दिए ।
आगो लाग्नुको कारणबारे हालसम्म थाहा नभएको केसीले बताए । उनका अनुसारसुरक्षा गार्डले राति गोदामबाट धुवाँको मुस्लो उठेको देखेपछि हारगुहार गरेका थिए ।
आगो नियन्त्रयणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी खटिएका थिए भने दमकल र पानी बोक्ने ट्याङकरको समेत प्रयो गरिएको थियो ।
राति भएको र चुरोट सल्केर निस्कने धुँवाले गर्दा समेत आगलागि नियन्त्रणमा समस्या भई लामो समय लागेको कास्कीका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले बताए ।
सूर्य नेपालका गोदाममा रहेका सबै ब्राण्डका तयारी चुरोट जलेर नष्ट भएको कम्पनीले जनाएको छ । “धेरै चुरोट आगोले जलेर नष्ट भएको छ, बाँकी पानीले भिजेर काम नलाग्ने भएको छ, ” केसीले भने ।
पोखरासहित पश्चिमाञ्चल क्षेत्रमा विक्रि वितरणको लागि विगत ५ बर्ष देखि सूर्य नेपालले लेखनाथमा गोदाम स्थापना गरेको थियो । सूर्य नेपालले तनहुँको सेराटारमा करिब ४० अर्वको लगानीमा आफ्नो शाखा कार्यालय हालै थापना गरेको छ ।
माधव बराल, पोखरा

