थप समाचारबिहीबार, आषाढ १२, २०७१

सिरहामा गोली चल्यो, दुई घाइते

हिमालखबर

सिरहा–मिर्चैया सडक खण्डको अर्नमा ९ मा १२ असार दिउँसोे करिब १ बजे अपरिचित व्यक्तिले गरेको गोली प्रहारबाट सिरहा मझौलिया–४ का ३५ वर्षीय चुल्हाई यादव र लक्ष्मेश्वर साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु घरायसी कामका लागि मोटरसाइकलमा सिरहा बजारतर्फ जाँदै गर्दा अर्को मोटरसाईकलमा सवार तीनजनामध्ये एकले गोली प्रहार गरेको प्रहरीको भनाई छ ।

यादवलाई पेटमा र साहलाई ढाडमा गोली लागेको सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी गराए ।

गोली लागेर घाइते भएका साह र यादवलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेकको भन्दै उपरीक्षक जोशीले गोली घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>