समाचारबिहीबार, आषाढ १२, २०७१

अख्तियारले सरकारलाई भन्यो, ‘निर्देशन कार्यान्वयन गर’

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ असारमा मुख्य सचिव लीलामणि पौड्याल र मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिई तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरेको प्रयासको उचित कार्यान्वयन हुन नसक्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले सरकारलाई पुनः सचेत गराइएको हो ।

आयोगले मुख्य सचिवमार्फत सरकारलाई बैंक तथा वित्तीय संस्था, बिमासम्बन्धी कारोबारमा संलग्न निकाय र त्यसमा कार्यरत व्यक्तिहरुलाई कारबाहीका लागि गरेको आग्रह अक्षरशः कार्यान्वयन गर्न आग्रह गरेको हो ।

आफ्नो निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै आयोगले जनतासँग प्रत्यक्ष सरोकार राख्ने समसामयिक सार्वजनिक महत्वका विषयहरुमा सरकार नै सक्रिय हुनुपर्ने बारेमा पुनः ध्यानाकर्षण गराएको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>