समाचारशनिबार, भाद्र ३०, २०६९
सरकार विघटन भए प्रतिकार गर्ने सञ्चार मन्त्रीको चेतावनी
राजधानीमा ३० भदौमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले राष्ट्रपतिले आफूसँग नभएको अधिकार प्रयोग गर्न खोजे त्यसबाट राष्ट्रपति स्वयमलाई नै क्षति हुने बताए । उनले बाहिर चर्चामा आएजस्तो अन्तरिम संविधानमा राष्ट्रपतिलाई सरकार गठन र विघटनको अधिकारको व्यवस्था नभएको जनाए ।
मन्त्री यादवले राज्यपुनःसंरचना आयोगको दश र संविधानसभा राज्य पुनःसंरचना समितिले दिएको सुझावअनुसार १४ प्रदेशको प्रस्ताव मात्र आफूहरुलाई मान्य हुने र त्यसमा तलमाथि भए कुनै सम्झौता नहुने धारणा राखे । विपक्षीहरुलाई सत्ताका लागि मरिमेट्नुभन्दा निकासतिर लाग्न आग्रह गर्दै उनले सङ्घीयतामा सहमति भए आफूहरु सरकार छाड्न तयार रहेको बताए ।रासस
