समाचारबिहीबार, आषाढ १२, २०७१

अध्ययन बिना नै अपहेलना विधेयकमाथि बिरोधः मन्त्री आचार्य

हिमालखबर

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले राम्रो कामका लागि सरकारले विधेयक ल्याएको दावी गरेका छन् । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले १२ असारमा गरेको कार्यक्रममा उनले भने, “सरकारले राम्रो कामका लागि ल्याएको विधेयकको पूर्ण अध्ययन बिना नै बिरोध भएको छ ।”

विधेयकमाथि संसदमा छलफल हुने भन्दै उनले आवश्यक परिमार्जनका लागि संसदलाई पूर्ण अधिकार भएको बताए । उनले भने, “विधेयकमा परिमार्जन आवश्यक भए संसदले गर्छ, त्यसैले संचारकर्मीहरु नआत्तिनु होला ।”

उनले खास नियत राखेर सरकारले विधेयक नल्याएको पनि जिकिर गरे । “यो विधेयक १९ पुस २०६७ मै दर्ता भएको हो, अहिले प्रक्रिया मात्र अघि बढाएको हो,” उनले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>