थप समाचारशुक्रबार, आषाढ १३, २०७१
विषादी सेवनबाट ६ वर्षीया बालिकाको मृत्यु
तरकारीबालीमा प्रयोग गर्न ल्याइएको मेटासिड सेवनबाट लोखिम–६ की प्रीति राईको ज्यान गएको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ । आधा प्रयोग गरेर खाटमुनि राखिएको मेटासिड ६ वर्षीया बालिकाले झुक्किएर खाएकी बाबु नेश्वर राईले बताए ।
बाबुले बारीमा छर्केर बाँकी रहेको विषादी लापरवाही बस बच्चाले भेट्ने ठाउँमा राखेर खेतमा काम गर्न गएपछि बालिकाले सेवन गरेको बताइएको छ ।
मृतक बालिका जनता मावि लोखिममा कक्षा १ मा अध्ययनरत थिइन् ।
रासस
