थप समाचारशुक्रबार, आषाढ १३, २०७१
अभिभावक संघका अध्यक्ष भण्डारीद्वारा राजीनामा
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले १३ असारमा पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्ष केशव पुरीलाई राजीनामा बुझाएका छन् । उनले आफू लामो समय सम्म अध्यक्षमा रहेको र अब नेतृत्व हस्तान्तरण गराउन राजीनामा दिएको बताए ।
वरिष्ठ उपाध्यक्ष पुरीले राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुने जानकारी दिए भने उपाध्यक्ष सरिता अर्यालले अध्यक्षले एकाएक राजीनामा दिन नहुने तथा उहाँलाई आगामी भदौमा महाधिवेशन गरेर ससम्मान बिदाइ गरिने बताइन् ।
भण्डारीकै नेतृत्वमा १९ वर्षअघि संघको स्थापना भएको थियो ।
फर्जी अभिभावक नेता
छोराछोरीले स्कूल छाडेको वर्षाैं विते पनि सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाले अभिभावक संघमा कब्जा जमाइरहेका छन् ।
