थप समाचारआइतबार, आषाढ १५, २०७१
पूर्वपश्चिम राजमार्ग पथलैया–पिलुवा खण्डमा अवरुद्ध
१४ असार रातिदेखि परेको वर्षाका कारण पथलैया–पिलुवा सडकखण्डअन्तर्गत दुधौरा खोलामा आएको बाढीले १५ असार बिहान ७:३० बजेदेखि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
बाढीका कारण यातयात सेवा ठप्प भएपछि हजारौँ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग डोजर लगाएर खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
एक वर्ष पहिले खोलामाथिको पुल भासिएपछि डाइभर्सन बनाएर यातायात खुलाइएको थियो । पुल कमजोर भएको भन्दै स्थानीयवासीले उक्त पुल तत्काल मर्मत गर्न माग गर्दैआएका छन् ।
रासस
