समाचारआइतबार, आषाढ १५, २०७१

‘लडाकु शिविरको भ्रष्टाचारबारे सुक्ष्म छानविन भइरहेको छ’

हिमालखबर

१५ असारमा जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीले लडाकु शिविरमा भएको भ्रष्टाचार बारे आयोगले सूक्ष्मरुपमा अनुसन्धान गरिरहेको र त्यसको परिणाम छिट्टै आउने बताएका छन् ।

“अनुसन्धान सँगसँगै भ्रष्टाचार भएको प्रमाण जुटाउनुपर्ने भएकोले समय लागेको हो, शिविरभित्रको अनियमितताको आउटपुट छिट्टै आउँछ ,” कार्कीले भने ।

आयोगका कामकारबाहीमा राजनीतिक हस्तक्षेप नहुने भन्दै कार्कीले आयोगमा राजनीतिक नियुक्ति हुने गरे पनि संवैधानिक निकाय भएकोले आफूलाई कसैको दबाबमा पर्नु नपर्ने बताए ।

उनले आयोगमा स्रोत साधनको अभावले गर्दा जनअपेक्षा अनुसार काम हुन नसकेको दाबी गरे ।

जनकपुरका मठ मन्दिर तथा गुठी अधिनस्थ जग्गाको अपचलन तथा अतिक्रमण गरिएको सन्दर्भमा कार्कीले प्रमाण जुटाएर उजुरी परे आफू हदैसम्मको कारबाही गर्न तयार रहेको बताएका थिए ।
इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>