समाचारआइतबार, आषाढ १५, २०७१
नीर शाहलाई हृदयघात, अवस्था गम्भीर
बुढानिलकण्ठस्थित निवासमा रहेका फिल्म निर्देशक एवम् कलाकार नीर शाहलाई १५ असार दिउँसो हृदयघात भएपछि गंगालाल हृदयकेन्द्रको सीसीयुमा राखेर उपचार गरिंदैछ । डा. अरुण मास्केको टोली उनको उपचारमा संलग्न छ ।
शाहकी छोरी आकांक्षाका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकले बताएका छन् ।
पछिल्लो समय डायमण्ड शम्शेर राणाको उपन्यास ‘सेतोबाघ’ को कथामा बनेको फिल्म निर्देशन गरेका शाह पोष्ट प्रोडक्सनमा व्यस्त थिए ।
