समाचारसोमबार, आषाढ १६, २०७१

एमाले महाधिवेशनमा २३ सय २५ प्रतिनिधि

हिमालखबर

१९–२५ असारमा राजधानीमा हुने नवौं महाधिवेशनमा २ हजार ३२५ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । नवौं महाधिवेशन मूल व्यवस्थापन समितिले १६ असारमा पत्रकार सम्मेलन गरेर २ हजार २१४ जना प्रतिनिधि विभिन्न जिल्ला र निकायबाट तथा १११ प्रतिनिधि मनोनित गरिएको जनाएको छ ।

कहाँबाट कति प्रतिनिधि

मेची–११९

कोशी–१४८

सगरमाथा–८८

जनकपुर–८९

नारायणी–१४१

वागमती–१३२

उपत्यका–१०८

गण्डकी–१२७

लुम्बिनी–१८९

धौलागिरी–४८

राप्ती–७४

भेरी–१२०

कर्णाली–५३

सेती–१०३

महाकाली–६१

केन्द्रीय कार्यालय र विभाग–२३

भारत प्रवास–३४

जनसंगठन–२०२

सम्पर्क विशेष–३४

अञ्चल समन्वय कमिटी–१७

प्रवास (भारतबाहेक)–२४

मनोनित–१११

विधान प्रकाशन

राजनीतिक र साङ्गठनिक प्रतिवेदन सार्वजनिक गरिसकेको एमालेले विधान संशोधनलाई पनि प्रकाशनमा ल्याएको छ । एमाले अध्यक्ष खनालको संयोजकत्वमा गठित कार्यदलले विधानलाई अन्तिम रूप दिंदै १६ असारमा प्रकाशन गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>